काठमाडौँ, १९ पौष । नेपाली लोक दोहोरी क्षेत्रमा सबै भन्दा धेरै रुचाएका मोडल दुर्गेश थापा र रियासा दाहालले अभिनय गरेको अर्को बहुप्रतिक्षित लोकदोहोरी गीत ‘गौथली’ बजारमा आएको छ। लोकप्रिय गायक मौसम गुरुङ र सुनिता बुढा छेत्रीले आवाज दिएको उक्त गीत यो समय निकै चर्चामा छ यसैको कारण पनि हुन् सक्छ फेरी अर्को मौलिकता भरिएको गीतले चर्चा पाएको हल्लाह बजारमा छ।

मौसम गुरुङ एक मौलिक गायक हुन्।उनले गाउने अधिकांश गीतहरु निकै सुपरहिट हुने गर्दछन ।यसको प्रभाव गौथालिमा पनि परेको छ।गीतमा चन्द्र खत्रीको शब्द तथा लय रहेको छ भने चन्द्र खत्रिकै निर्माणमा उक्त गीत बजारमा आएको छ।प्रकाश भट्टको निर्देशन रहेको भिडियोको सम्पादन बिष्णु शर्माको रहेको छ। नबराज उप्रेतीको छायांकन रहेको भिडियो निकै उत्कृष्ट बनेको छ।

यो गीत निकै चर्चामा रहदै गर्दा गुरुङको अन्य गीतहरु पनि बजारमा आउदै रहेको जानकारी आएको छ।मौसम गुरुङ युटुब च्यानल मार्फत बजारमा आएको उक्त गीतको सफलताको शुभकामना छ। भिडियो ;

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय