काठमाडौं, बैशाख ९ – नेपाल उसु महासंघको वार्षिक कार्ययोजना अनुसार ७औं राष्ट्रिय उसु निर्णायक परीक्षा कोर्ष तथा ११औं राष्ट्रिय उसु डिप्लोमा कोर्षको आज काठमाडौंमा एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ। प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरीले पानसमा दीप प्रज्वलन गर्दै कार्यक्रमको औपचारिक सुरुवात गर्नुभयो।

उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य अञ्जना श्रेष्ठ र विदुर ढुंगाना, नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ, नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसी, नेपाल टेबल टेनिस संघका अध्यक्ष बिजेन्द्र हमाल, नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिल श्रेष्ठ, तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णु सिंह लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा चीनबाट आएका प्रतिनिधि पिटर योङ विशेष अतिथि रहनु भएको जानकारी महासंघका महासचिव नवराज ढुंगाना विश्वासले दिनुभयो।

कार्यक्रमको अध्यक्षता नेपाल उसु महासंघका कार्यवाहक अध्यक्ष शैलेश कर्माचार्यले गर्नुभएको थियो।

नेपालभरिका विभिन्न जिल्लाबाट सहभागी ९९ जना खेलाडी र प्रशिक्षार्थीहरुले उक्त डिप्लोमा तथा निर्णायक परीक्षा कोर्षमा भाग लिएको जानकारी नेपाल उसुका प्रमुख प्रशिक्षक फत्त बहादुर लामा योन्जनले दिनुभयो। सात दिनसम्म सञ्चालन हुने यो कोर्षले उसु खेलको राष्ट्रिय स्तरमा विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास महासंघका उपमहासचिव राजिव महर्जनले व्यक्त गर्नुभयो।

स्टार न्यूज टिभी: सत्य, सन्तुलन र सरोकार।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय