
काठमाडौ २१,बैशाख । काठमाडौा उपत्यकामा लगाइएको निषेधाज्ञा वैशाख २९ गतेसम्म जारी रहने भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले उपत्यकामा बढ्दो कोरोना संक्रमणलाई हरेर थप एक साता निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

बैठकमा निषेधाज्ञालाई कडाइ र कोरोना महामारी नियन्त्रण गर्न मोडालिटी परिर्वन गर्दै निषेधाज्ञा थप गर्ने निर्णय भएको महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । उनका अनुसार अब खाद्यान्ह पसलहरु बिहान ९ बजेसम्म मात्रै खोल्न पाइनेछ ।
यसअघि वैशाख १६ गतेदेखि बिहानदेखि लगाइएको निषेधाज्ञा (भोलि) मध्येराति सकिँदैछ । मन्त्रिपरिषद्ले यसअघि नै कम्तीमा दुई साता निषेधाज्ञा लगाउन सुझाव दिएको थियो ।