
चैत्र २४,ललितपुर । महानगरीय प्रहरी वृत्त सातदोबाटोले विभिन्न कम्पनीको सामानहरु चोरी भएको सुचनाकाे पाएपछि वृत्त प्रमुख प्रहरी नायब उपरीक्षकले अनुसन्धानको लागि विशेष टाेलि परिचालन गरेकाे हाेे ।
मिति २०७७।१२।१३ गते राती देखि ऐ.१६ गते बिहानको समयको बिचमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं.२८ हरीसिद्धी खरिबोट चोक स्थित रहेको अनिरुन्द्र टिवरेवाला समेतले संचालन गर्दै आएको अर्वन ओएसिस ईन्टरप्राईजेजवाट Kamiliant, American tourister, samsonite कम्पनीका सुटकेश, ब्याग, ल्यापटपको झोला भएका कार्टुनहरुजम्मा २३८ थान रु.९५,७६,८५५ ।- ( पन्चानब्बे लाख छयहत्तर हजार आठ सय पचपन्न ) बराबरको धनमाल चोरी भएको छ ।

घटना सम्बन्धमा महानगरीय प्रहरी वृत्त सातदोबाटोको प्रहरी टोलीले सम्बन्धीत प्रहरी कार्यालयहरु संग समन्वय गरी काठमाडौं जिल्ला महानगरपालिका वडा नं. ३२ नरेफाट स्थित प्रदिप गौतमको डेरा कोठाबाट बिभिन्न कम्पनीका सुटकेश भएका कार्टुनहरु ११२ थान फेला पारी बरामद गरी उक्त घटनामा प्रयोग भएको बा २१ च ७३४४ नं. को गाडी सहित घटनामा संलग्न निम्न वतन भएका यम कुमार श्रेष्ठ, प्रदिप गौतम र महेश अधिकारीलाई पक्राउ गरी सम्मानित ललितपुर जिल्ला अदालतबाट चोरी मुद्धामा पहिलो पटक दिन ५ को म्याद थप गरी अनुसन्धान भईरहेकोमा प्रतिबादीहरु मध्ये महेश अधिकारी समेत बस्ने गरेको काठमाण्डौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.३१ शान्तीनगर स्थित डेराकोठा खानतलासी गर्ने क्रममा उक्त डेराकोठाबाट बिभिन्न ब्राण्डको सुटकेश ६ कार्टुन, सुटकेश २२ थान, ब्यागहरु ३६ थान, सुन जस्तो देखिने पहेलो धातुले बनेको मंगलसुत्र १ थान, सिक्री १ थान, जुली मुन्द्रा १ जोर, मुन्द्रा १ थान, HP ल्यापटप १ थान र नगद जम्मा रु.१,०५,०००।–( एक लाख पाँच हजार) समेत फेलापारी रित पुर्व बरामद गरी चोरी मुद्धामा संलग्न दिपक खड्का र नबिन अधिकारीलाई मिति २०७७।१२।२४ गते पक्राउ गरी सम्मानित ललितपुर जिल्ला अदालतबाट मिलान म्याद थप गरी अनुसन्धान भई रहेको महानगरीय प्रहरी वृतका प्रमुख प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले जानकारी दिनुभएको छ ।