काठमाडौं, चैत १६। शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले भोलि (मंगलबार)देखि देशभरका सबै शिक्षण संस्था चार दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

देशभर अत्याधिक प्रदूषण बढेपछि मन्त्रालयले स्वास्थ्य सुरक्षामा मध्यनजर गर्दै चार दिनका लागि विद्यालय बन्द गर्ने तयारी गरेको हो ।

नेपाल तथा भारतका केही स्थानमा लागेको डढेलोको कारण प्रदूषणका कारण चैतमा पनि तुवाँलोले ढाकिएको र कण वायुमण्डलमा नै जम्मा भएकाले मौसम सफा हुन केही समय लाग्ने मौसम विद्हरुले बताउनु भयाे ।

चिकित्सहरुका अनुसार हाल देखिएको प्रदूषण मानव स्वास्थ्यका लागि घातक रहेको छ । घातक मौसमले आँखा, नाक पोल्ने, घाँटी दुख्ने समस्या देखिएको चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय