
चैत्र ६,काठमाडौ । महानगरीय प्रहरी परिसर काठमाडौंले शुक्रबार दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रवन्ध निर्देशक प्रकाश दुगडलाई बैंकिङ कसुर मुद्दामा आज काठमाडौं प्रहरीले पक्राउ गरेको हो ।
घ

काठमाडौं प्रहरी परिसरमा प्रमुख अशोक सिंहका अनुसार खातामा रकम नभएको चेक दिएपछि महानगरीय प्रहरी वृत्त कमलपोखरीमा दुगडविरुद्व जाहेरी परेको थियो । बिष्णुमान श्रेष्ठले उनीविरूद्व १९ माघमा दिएको जाहेरी ३ फागुनमा दर्ता भएको थियो ।
कालिमाटी सोल्टीमोडमा रहेको होटल प्लाटिनियमका सञ्चालक समेत रहेका उनी कालिमाटी क्षेत्रबाट प्रहरीले पक्राउ गरेको अशोक सिंहले बताए ।
उनलाई पक्रन २६ फागुनमा उच्च अदालत पाटनले पक्राउ पूर्जी जारी गरेको थियो । पाँच लाख ३७ हजार बिगो बराबरको कसुरमा उनी मोस्ट वान्टेड थिए ।