काठमाडौ फागुन १८ । रामेछाप जिल्ला लिखु गाविस वडा नं ६ घर भई हाल काठमाडौ महानगरपालिका ७ गौरीघाट संगमचोक बस्ने वर्ष २६ को मिलन श्रेष्ठलाई १६९ थान मोबाईल सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

हाल श्रेष्ठ डेराको कोठा भित्र अवैध रुपमा भन्सार छली ल्याएका बिभिन्न ब्रान्डका मोवाईलहरुलुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको  आधारमा महानगरिय प्रहरी वृत्त गौशालाबाट प्र.ना.उ सहितको टोली खटिई गई निज मिलन श्रेष्ठको कोठामा खानतलासी गर्दा निम्न ब्रान्डका १६७ थान मोवाईल वरामद गरिएको हो ।

प्रहरिले निजलाई नियन्त्रणमा लिई वृत्त गौशालावाट थप अनुसन्धान भईरहेको जानकारी न्युज द्दद्ध आवरलाई प्राप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय