काठमाडौं २८,माघ । काठमाडौंको तारकेश्वर नगरपालिका-१ साङ्ला क्लब भवन नजिक एक जना मृत अवस्थामा फेला परेका छन् ।

बुधवार बिहान साङ्ला क्लब भवन नजिक नालीमा तारकेश्वर नगरपालिका वडा नं २ काभ्रेस्थली बस्ने ४९ वर्षीय लक्ष्मण फुयाँल मृत अवस्थामा फेला परेका हुन् ।साङ्ला क्लब भवन नजिक नालीमा फुँयालको शव भेटिएसँगै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय