काठमाडाै माघ, २७। नेपालमा मंगलबार थप १ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परिक्षणका क्रममा  १ सय ६० जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयको आधिकारिक वेभसाइटमा राखिएको विवरण अनुसार यससँगै नेपालमा कोरोना संक्रमितहरुको कूल संख्या २ लाख ७२ हजार २१५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण २ जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ४७ पुगेको छ । त्यस्तै  मंगलबार थप १६५ जना संक्रमित निको भएका छन् । योसँगै हालसम्म २ लाख ६८ हजार ४३१ जनाले कोरोनालाई जितेका छन् ।

मुलुकभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ७ सय ३७ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म  २० लाख ९३ हजार ४१७  जनाको पीसीआर माध्यमबाट कोरोना परिक्षण गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय