२०७७।१०।०९ साझँको समयमा जिल्ला लमजुङ दोर्दी गाउँपालिका वडा नं. ८ स्थित खिमचोकबाट अबैध रुपमा काठको तस्करी हुदै छ भन्ने बिशेष सुराकिको आधारमा अस्थायी प्रहरी पोष्ट किर्तिपुरबाट प्रहरी हवल्दार खिल बहादुर उपरकोटीको कमाण्डमा खटीएको प्रहरी टोलीले दोर्दी गाउँपालिका वडा नं. ८ खिमचोकबेसी स्थितमा दोर्दी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष २८ को कन्या बहादुर तामाङले हाकि लिई आएको ग १ त ५४०६ नम्वरको ट्याक्टरमा अबैध रुपमा लिई आउँदे गरेको चाँपको ७४.८२ क्युःफिट काठ बरामद गरी निज ट्याक्टर चालक सहित उक्त घटनामा संलग्न दोर्दी गाउँपालिका वडा नं. ८ बस्ने बर्ष ३६का मेघराज घले समेतलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि मानिस तथा बरामदी काठ समेत डिभिजन वन कार्यालय लमजुङमा पठाईएको छ ।
मिति २०७७।१०।०७ गते जिल्ला लमजुङ दोर्दी गाउँपालिका वडा नं. ८ पाचँस्वारा स्थित जङ्गलमा अबैध रुपमा ओसारपसार गर्नको लागि चिरान गरेको काठ तयारी अबस्थामा रहेको छ भन्ने बिशेष सुराकीको आधारमा उक्त स्थानमा अस्थायी प्रहरी पोष्ट किर्तिपुरबाट प्रहरी हवल्दार खिल बहादुर उपरकोटी को कमाण्डमा खटीएको प्रहरी टोलीले खोजतलास गर्दा तयारी अबस्थामा रहेको चाँपको ३९६.९१ क्युःफिट अबैध चिरान काठ बरामद गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन बन कार्यालय लमजुङका पठाईएको छ ।

अघिल्लो दिन काठ सहित मानिस पक्राउ परे पश्चात काठको ओसारपसारमा संलग्न हुन सक्ने शंस्कापद व्यक्तीहरुले आफू समेत पक्राउमा पर्न सक्ने भय र त्रासको कारण उक्त स्थानमा चिरान काठ लगि छाडिएको हुन सक्ने अनुमान गरिको छ ।
त्यसै गरी मिति २०७७।१०।०८ गते जिल्ला लमजुङ मध्यनेपाल नगरपालिका वडा नं. ९ पिस्तीखोला एरियामा समेत अबैध रुपमा सालको काठ ओसारपसार हुदै छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्रहरी निरीक्षक बोधराज रेग्मीको कमाण्डमा खटीएको प्रहरी टोलीले मध्यनेपाल नगरपालिका वडा नं. ९ स्थित पिस्तीखोला बगरमा बेवारिसे अबस्थामा रहेको २३.९१ क्युःफिट सालको चिरान काठ बरामद गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि सव डिभिजन वन कार्यालय भोर्लेटारमा बुझाईएको छ ।
यस सँगै लमजुङ प्रहरी द्धारा ३ दिनमा अं. १५,३४,७४०/- मुल्य बराबरको ४९५.६४ क्युःफिट अबैध काठ बरामद गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि सम्बन्धित बन कार्यालयमा बुझाईएको छ ।