काठमाडौँ, ५ माघ । विभिन्न मुद्दामा जिल्ला प्रहरी कार्यालयको हिरासतमा अनुसन्धानको क्रममा रहेका अभियुक्तहरुलाई अध्ययन एवं रचनात्मक सोचको विकास गरी समाजमा पुनर्स्थापित हुनेतर्फ उन्मुख गर्न जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दाघाट शुस्ता पूर्वले “हिरासतमा किताब” नामक कार्यक्रमको थालनी गरेको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय बिच भएको कार्य(सम्पादन सम्झौता २०७७ अनुसार नवप्रवर्तनात्मक कार्य         Walking Extra Mile  अन्तर्गत यहि माघ-०५ गते गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम उद्‌घाटन भई सञ्चालनमा आएको छ ।

प्रहरी नायव महानिरीक्षक अर्यालले शिलालेख अनावरण तथा रिवन काटी उद्‌घाटन गर्नुभएको उक्त कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालयको हिरासतमा एक पुस्तकालयको स्थापना गरी विभिन्न मुद्दाका अभियुक्तहरुलाई प्रेरणादायी एवं मनोरञ्जनात्मक पुस्तकहरु अध्ययन गर्ने अवसर प्रदान गरिएको छ ।
पुस्तकालयको उद्‌घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले हिरासतमा पुस्तकालयको स्थापना पछी हिरासतमा रहेका व्यक्तिहरुमा अध्ययनले जिवन प्रति सकरात्मक सोचको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।
साथै कुनैपनि घटनाको आरोपमा हिरासतमा आएको व्यक्ति अपराधी नभई अभियुक्त मात्र भएकाले पुन सामाजिक जिवनयापन र आफूमाथी नैराश्यता एवं नकरात्मकता हाबी हुन नदिन अध्ययन एक महत्वपूर्ण माध्यम भएको बताउनुभयो ।

साथै प्रहरी नायव महानिरीक्षक अर्यालले जिल्ला प्रहरी कार्यालय नवलपरासी९पूर्व० मा कार्यरत प्रहरी कर्मचारी र जिल्ला मातहतका प्रहरी कार्यालयका प्रमुख एवं अन्य प्रहरी कर्मचारीहरुसंग छलफल तथा अन्तरक्रिया गर्नुका साथै आचरणयुक्त प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन सम्बोधन समेत गर्नुभएको छ ।
उपस्थित प्रहरी कर्मचारीहरुलाई सम्बोधन गर्नहुँदै उहाँले आचरणयुक्त प्रहरी कर्मचारीहरुबाट मात्रै संगठनले अंगिकार गरेको साझा उदेश्य प्राप्त हुने बताउँदै आफ्नो जिम्वेवारी देखी बिमुख नभई आफूलाई प्राप्त पदिय दायित्व सहि तरिकाले निर्वाह गर्न गराउन निर्देशन दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी९पूर्व०का प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले प्रहरी नायव महानिरीक्षक अर्याल प्रति धन्यवाद व्यक्त गर्दै समग्र जिल्ला अन्तर्गतको शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन एवं जनशक्ति व्यवस्थापन, अपराध नियन्त्रण एवं अनुसन्धान लगायतका विषयमा जानकारी गराउनुका साथै प्रहरी नायव महानिरीक्षकज्यूबाट भएका निर्देशनहरुलाई अक्षरंश पालना गर्ने एवं गराउने प्रतिब

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु