
काठमाडौँ, ५ माघ । सिद्धार्थ बैंकले काठमाडौंको टोखास्थित फ्रेण्डशिप फाउन्डेशन नेपाललाई २ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत् गरेको उक्त सहयोग बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले फ्रेण्डशिप फाउन्डेशन नेपालका अध्यक्ष प्रकाशबाबु पौडेललाई हस्तान्तरण गरे ।

बैंकबाट प्राप्त सो रकम फ्रेण्डशिप फाउन्डेशन नेपालले गण्डकी प्रदेशको गोरखा, सिरानचोक गाँउपालिका वडा नम्बर–१, केराबारीस्थित शिला रेग्मी (आत्रेय) सामुदायिक पुस्तकालयको भवन निर्माणमा उपयोग गर्ने जनाइएको छ ।