
काठमाडौँ, २५ पौष । काठमाडौँ महानगरपालिका-१५ विजेश्वरी पुलस्थित डिउटीमा खटिएको प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ परेका छन ।
शनिबार बिहान १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काभ्रे तिमाल गाउँपालिका(७ घर भएका २८ बर्षीय चन्द्र तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश नम्बर ३-०२-०१७ प ७९६८ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक तामाङले मादक पदार्थ सेवन गरेका कारण प्रहरीलाई उक्त रकम दिने खोजे पश्चात प्रहरीले उनलाई रकम सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।