रौतहट, २४ पौष । करेन्ट लागेर रौतहटमा एक जनाको मृत्यु भएको छ ।

आफ्नै घरमा मोटर जडान गरेको कल धारामा नुहाउने क्रममा राजपुर नगरपालिका–८ बलुवा टोलका ४५ वर्षीय शेख मजारुलको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको हो ।

करेन्ट लागेर घाइते भएका उनको जिल्ला सरकारी अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । सो घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय