सर्लाही, २२ पौष । सर्लाहीमा नालामा डुबेर एकजना बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मंगलबार साँझ घर अगाडिको नालामा डुबेर मलंगवा नगरपालिका वडानम्बर(१ भेडहियाका पप्पु मण्डलका २ वर्षीय छोरा बजरंगी मण्डलको मृत्यु भएको हो । सिकिस्त भएका बालकलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा लग्ने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शवलाई परीक्षणका लागि जिल्ला अस्पतालमै राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय