काठमाडौँ, २१ पौष । नेपालमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाँकेमा तीन जना र सुनसरीमा एक जना गरी थप चार जना कोरोना संक्रमितको मृत्यु भएको हो । बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना र भेरी अस्पतालमा एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दाङको घोराही उपमहानगरपालिका–१८ का १३ वर्षीय बालक र कञ्चनपुरको महेन्द्रनगर–५ का ६० वर्षीय पुरुष तथा नेपालगञ्जस्थित भेरी अस्पतालमा बाँकेको जानकी गाउँपालिका–३ का ६८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

दाङका १३ वर्षीय बालक पुस १९ गते शिक्षण अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका उनको पुस २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा मंगलबार बिहान ७स्४५ उनको मृत्यु भएको अस्पतालले जनाएको छ । कञ्चनपुरका ६० वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार बिहान ७स्२० बजे मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनी १७ पुसमा अस्पताल भर्ना भएका थिए । त्यसको भोलिपल्ट कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

बाँकेका ६८ वर्षीय पुरुषमा पुस ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएकै दिन उनी भेरी अस्पतालमा भर्ना भएकोमा उपचारको क्रममा सोमबार राति १२स्२५ बजे उनको मृत्यु भएको हो ।

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १८ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका(११ का १८ वर्षीय युवकको मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ ।

उनमा यही पुस ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । कुनै पनि दीर्घ रोग नभएका ती युवकको उपचारको क्रममा मंगलबार बिहान साढे सात बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय