
काठमाडौँ, २० पौष । थप ४ सय ३ जनामा कोरोना (कोभिड १९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ६२ हजार २ सय ६२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ८९ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ५ सय ९४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ५५ हजार ८८ जना रहेको छ । आज ७ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १८ सय ८५ जना पुगेको छ ।