काठमाडौँ, १९ पौष । नेपाल टेलिकमले अब फोरजी (एलटीई) प्रविधिमा उच्च गुणस्तरीय भ्वाइस सेवा दिने भएको छ ।

परीक्षणमा रहेको यो सेवा सुरु भएपछि टेलिकमको जीएसएम मोबाइल सेवाका सेवाग्राहीले अहिलेको भन्दा स्तरीय भ्वाइस सेवा पाउन सक्ने नेपाल टेलिकमले जनाएको छ । अहिले टेलिकमले भ्वाइस सेवा टीडीएम प्रविधिमा दिइरहेको छ । यो सेवा सुरु भएपछि भ्वाइस सेवा एलटीईमा आधारित हुनेछ । यो सेवा सुरु भएपछि टेलिकममा मोबाइलमा हुने फोन इन्टरनेटमा आधारित प्रणलीमा आउनेछ । तर, त्यसको बिलिङ भने हालकै प्रणालीबाट हुने टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभयो ।

अहिले आफूले इन्टरनेट खोल्दा मात्रै मोबाइलमा इन्टरनेट चल्छ । तर, टेलिकमले परीक्षणमा रहेका सेवा थालेपछि कल आउँदा पनि फोन इन्टरनेटमै कनेक्ट हुने गरी सेवा लिन सकिनेछ । अहिले डाटा चलाएको अवस्थाबोहक अन्य अवस्थामा फोन थ्रजीरटुजीकै सर्किटमा बस्छ भने नयाँ प्रविधिमा गएपछि फोन आउँदा पनि इन्टरनेटकै माध्यम प्रयोग गर्न सकिनेछ । यो सेवामा मोबाइल कनेक्ट हुन निश्चित गुणस्तरको फोरजी नेटवर्क भने उपलब्ध हुनुपर्छ ।

यो सेवा पाउन मोबाइल सेट भने प्रविधिका लागि लागि योग्य हुनुपर्छ । विभिन्न कम्पनीलाई आफ्ना सेटमा भ्वाइस ओभर एलटीई ९भीओएलटीई० सेवा ‘इनबेल’ भीओएलटीई परीक्षण पास भएका मोबइल सेटका मोडललाई टेलिमकले सूचीकृत गर्नेछ । अहिले विभिन्न कम्पनीका मोडलहरुले यो सेवा खुला राखेर बजारमा ल्याएका छन् ।

यो सेवा केही समयभित्रै व्यवसायिक रुपमा सुरु गर्ने नेपाल टेलिमको योजना रहेको छ । टेलिकमले यो सेवा सुरु भएपछि कम्पनीले यसलाई एक्टिभ कसरी गर्ने भन्नेबारे सूचित गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय