
काठमाडौँ, १७ पौष ।पल्छिला समयमा धेरै सिरियल बने तर समाजलाई बिल्कुलै मिलावट र दर्शकको मन जित्दै नया सिरियल खसखस बजारमा सार्वजनिक भएको छ ।

यताउती हिडडुल गर्न समेत प्रतिवन्ध भए पनि केही दिन अघी देखी लकडाउन खुकुलो भए सङै चहलपहल सुरु भएको छ । तर टिममा मात्र काम हुने नेपाली चलचित्रको छायांकन , नयाँ चलचित्र कहिले रिलिज हुन्छ , सिनेमा हल कहिले खुल्छ कुनै टुङ्गो छैन ,सिनेमा बजार भने बन्द नै छ । पछिल्लो समय ठुला पर्दाका फिल्म निर्माण बन्द भएपनी छोटा फिल्म धेरै निर्माण हुन थालेका छन् ।
यस्तैमा छोटो फिल्म ‘खसखस’सार्वजनिक भएको छ । सिरियलले समसामाहिक बिषयवस्तु उठाएको ,करन साउदको निर्देशन रहेको सिरियल खसखस भने रिलिज भएको छ । २१ मिनेट ५६ सेकेन्ड समय भएको खसखस सिरियलमा सङ्गीतकार बालकृष्ण शेवाचार्य र गायन यम कुमार मल्ल हुन् यस सिरियल (KRP Entertainment) के .आर. पी ईन्टरटेन्मेन्ट युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।
फिल्ममा मुकुन्द मैनाली,बिकास कार्की,आशा तामाङ ,लब्ली बिपु,प्रमिला चौहन ,केदार न्यौपाने , बाल कलाकार सन्चिता थापा लगायतको अभिनय रहेको छ । यसमा व्यवस्थापन केदार न्यौपानेको हो भने निर्माता बिकास कार्की र लब्ली बिपुले गरेका छन् । कृष्ण पाण्डेको छायाँकन तथा सम्पादन रञ्जना पौडेल रहेको फिल्म लाई के आर पी ईन्टरटेन्मेन्टले निर्माण गरेको हो । खस खस……