काठमाडौँ, १५ पौष । उद्योग मन्त्री लेखराज भट्टले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले रातमा सुत्दा पनि आफु प्रधानमन्त्री भएको मात्र सपना देख्ने गरेको आरोप लगाउनुभयो ।

ओली समूहले बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै नेकपाका नेता समेत रहनुभएका मन्त्री भट्टले प्रचण्डले प्रधानमन्त्री अहिल्यै चाहियो भनेर केटाकेटीपन देखाएको टिप्पणी गर्नुभयो । भट्टले केटाकेटीले जिद्धी गरे जसरी प्रधानमन्त्री चाहियो भनेर माइतीघर मण्डलामा लडिबुडी गरेको बताउनुभयो ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आम चुनावपछि प्रधानमन्त्री र महाधिवेशनपछि अध्यक्ष पद छाड्छु भन्दा पनि प्रचण्ड र माधवकुमार नेपाललगायतले धैर्य गर्न नसकेको उल्लेख गर्दै नेताहरुमा पदकै लागि बिचलन आएको धारणा राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय