१५ पौष, बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

रुपन्देहीको शुद्धोधन गाउपालिका १ का ७० वर्षीय पुरुषको बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो । मंसिर २८ गते कोरोना संक्रमण भएका ती पुरुष पुस १४ गते अस्पताल भर्ना भएकामा बुधबार बिहान सवा ५ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले बताए ।

संक्रमित पुरुष उच्च रक्तचापका दीर्घरोगी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु