चैत्र ३० काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्कीले सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र निरीक्षण गरेका छन ।

नेपाल प्रहरीको लागि आवश्यक जनशक्ति उत्पादन गर्ने प्रशिक्षण प्रदायक संस्थाहरुको अनुगमन प्रशिक्षण र प्रशिक्षकको स्तर तथा प्रशिक्षण गतिविधिमा देखिएका समस्या एवं चुनौतीहरुको पहिचान गर्नुका साथै प्रशिक्षण कार्यमा एकरुपता कायम गर्ने हेतुले उक्त निरिक्षण गरिएको हाे ।

सुदुरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलम कार्यरत प्रहरी कर्मचारीहरुलाई उच्च मनोवल, सकारात्मक सोच, भातृत्वको भावनालाई हृदयमा राख्दै काम गर्नु पर्ने, स्वःअध्ययन, कार्य गर्दा फरक शैली, व्यावसायिक तथा रचनात्मक तरिकाले गर्दा असम्भव केही पनि छैन भन्दै कार्कीले प्रहरीलाई निर्देशन समेत दिए ।

निरीक्षणकै क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले तालिम क्यालेण्डरमा तोकिएको तालिम सम्बन्धी प्रशिक्षण गतिविधिको संचालन, रचनात्मक कार्य तथा अतिरिक्त क्रियाकलापमा भएको व्यवस्थापन र प्रशिक्षण केन्द्रको थप स्तरोन्नतीको लागि सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपालयको प्रशिक्षण प्रमुख तथा सदस्यहरुबाट भएको सामूहिक प्रयास प्रशंसनीय रहेको बताए ।

तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठतम् उपरीक्षक मुकेश सिंहदे तालिम केन्द्रको सुक्ष्म रुपले अवलोकन तथा निरीक्षण गरी सुझाव दिई सम्पूर्ण प्रहरी कर्मचारीहरुको हौसला बढाई दिनु भएकोमा आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरे ।तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सिंहले मन्तव्यको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की काे निर्देशन तथा सुझावलाई सम्मानका साथ ग्रहण गरी प्रहरी संगठनको Vision, Mission, goal र Objective लाई पुरा गरी निष्पक्ष तथा पारदर्शी भर्ना छनौट र दक्ष जनशक्तीको उत्पादन गर्न आफू र तालिम केन्द्र परिवार कटिबद्ध रहने बताए ।

उक्त कार्यक्रममा तालीम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक सिंहले नागरिक मैत्री सेवा प्रवाह गर्ने सक्ने पारदर्शी जवाफदेही इमान्दार र विधिको शासनसित पुर्ण रुपले प्रतिबद्व जनशक्ति उत्पादनमा क्रियाशील रहने प्रतिवद्वता ब्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय