चैत्र २२,काठमाडौ । नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल काठमाण्डौ कार्य एंव् अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल ज्यूले जिल्ला प्रहरी कार्यालय संखुवासभाको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभई कार्यरत प्रहरीकर्मचारीहरुलाई प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन समेत गर्नुभएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभा प्रहरी कार्यालय मातहतका प्रहरी कार्यलयहरुबाट सम्पादन हुने विभिन्न प्रहरी सेवा, अपराध नियन्त्रण एवं अनुसन्धान साथै जिल्लाको वर्तमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती लगायत प्रहरीले गरेका विभिन्न गतिविधिहरु समेतको निरीक्षण गरि प्रहरी सेवा प्रवाहलाई थप चुष्तदुरुष्त एवं समय सान्दर्भिक बनाउन प्रहरी बरिष्ठ उपरीक्षक उक्त निरिक्षण गर्नुभएको हो ।

निरीक्षण पश्चात संखुवासभा जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल ज्यूले जस्तोसुकै विषम परिस्थितिमा पनि कति पनि विचलति नभई समाजमा शान्ति सुरक्षा तथा अमचयनको खातिर अहोरात्र तल्लिन रहनु नै नेपाल प्रहरी संगठनको गौरवमय इतिहास रहेकाले कुनैपनी प्रहरी कर्मचारी आफ्नो कर्तव्यबाट बिमुख नभई नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न कटिवद्ध हुनुपर्नेमा जोड दिनुभयो । साथै प्रहरी संगठनले अंगिकार गरेका नीति तथा कार्ययोजना एवं प्राथमिकताहरुलाई दृढताका साथ कार्यान्वयन गरि नतिजामुलक प्रहरी सेवा प्रवाह गर्न गराउन समेत उहाँले निर्देशन गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय