
फागुन १९ रामेछाप । रामेछाप जिल्ला लिखु गाविस वडा नं ६ घर भई हाल काठमाडौ महानगरपालिका ७ गौरीघाट संगमचोक बस्ने वर्ष २६ को मिलन श्रेष्ठलाई १६९ थान मोबाईल सहित गौशाला प्रहरीले नियन्त्रणमा लिएको छ ।

मिलन श्रेष्ठ डेराको कोठा भित्र अवैध रुपमा भन्सार छली ल्याएका बिभिन्न ब्रान्डका मोवाईलहरुलुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा महानगरिय प्रहरी वृत्त गौशालाबाट प्रहरी नायब उपरीक्षक जीतेन्द्र बस्नेत सहितको टोली खटिई गई निज मिलन श्रेष्ठको कोठामा खानतलासी गर्दा निम्न ब्रान्डका १६७ थान मोवाईल वरामद गरिएको हो ।
प्रहरिले निजलाई नियन्त्रणमा लिई वृत्त गौशालावाट थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।