
२८ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा विशाल प्रदर्शन गरेको छ ।

भिकुटीमण्डपमा आमसभा सुरु हुनु अघि अहिले सहरका विभिन्न स्थानबाट जुलुस निस्किएको छ, जसमा देशभरबाट आएका नेता कर्यकर्ता तथा समर्थकको उल्लेख्य सहभागिता छ ।
५ पुसमा संसद विघटन भएपछि विभाजित नेकपाको प्रचण्ड–माधव समूहले यसअघि पुस १४ र माघ ९ मा पनि प्रदर्शन गरेको थियो ।