काठमाडाै माघ, २७। नेपालमा मंगलबार थप १ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परिक्षणका क्रममा १ सय ६० जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयको आधिकारिक वेभसाइटमा राखिएको विवरण अनुसार यससँगै नेपालमा कोरोना संक्रमितहरुको कूल संख्या २ लाख ७२ हजार २१५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण २ जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ४७ पुगेको छ । त्यस्तै मंगलबार थप १६५ जना संक्रमित निको भएका छन् । योसँगै हालसम्म २ लाख ६८ हजार ४३१ जनाले कोरोनालाई जितेका छन् ।
मुलुकभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ७ सय ३७ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म २० लाख ९३ हजार ४१७ जनाको पीसीआर माध्यमबाट कोरोना परिक्षण गरिएको छ ।










