काठमाडौँ, ५ माघ । कर्णाली प्रदेश प्रहरी प्रमुख बसन्त पन्त ज्युले जिल्ला प्रहरी कार्यालय जुम्लाको निरीक्षण गर्नु भएको छ ।

कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त पन्तले निरीक्षण जिल्ला प्रहरी कार्यालय जुम्लाको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई समायनुकुल प्रहरी सेवा प्रवाहका लागि तयारी अवस्थामा रहने विषयमा निर्देशन समेत गर्नुभएको छ ।

निरीक्षणको क्रममा उक्त कार्यालयमा पुग्नुभएका प्रहरी नायव महानिरीक्षक बसन्त पन्तले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु, कार्यालयका विभिन्न शाखा, मेष, ब्यारेक लगायतको निरीक्षण गर्नुभएको छ ।

निरीक्षण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक बसन्त पन्तले देशको परिस्थिति अनुरुप आईपर्न सक्ने जस्तोसुकै आरोह अवरोहहरुलाई समाना गर्न प्रहरी सदैव अग्रपंक्तिमा रहने संगठन भएकाले प्रत्येक प्रहरी कर्मचारी शारीरिक तथा मानसिक रुपमा तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो ।

त्यस्तै प्रहरी सेवा प्रवाहका विषयमा बोल्दै प्रहरी नायव महानिरीक्षकले प्रहरी सेवा प्रवाह गर्दा जनतालाई नै केन्द्रविन्दुमा राखी जनगुनासोहरुको सम्बोधन गर्दा उच्च सम्मान र आचरणयुक्त व्यवहार गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय