सर्लाही, २२ पौष । सर्लाहीमा आफैंले चलाएको मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बीआर३०एल ८०४५ नम्बरको मोटरसाइकल बलरा नगरपालिका(४ स्थित गडहिया बलरा सडक खण्डमा आफैं अनियन्त्रित भई पल्टिदा रामनगर गाउँपालिका वडानम्बर(२ बस्ने रामएकबाल राय यादवको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि स्थानीय धुलिखेल मेडिकल अस्पताल बलरा लग्ने क्रममा बाटोमै मृत्यु भएको सर्लाहीका प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय