
काठमाडौँ, २० पौष । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखको जिम्मेवारी सम्हालिरहेका एसएसपी जनक भट्टराईले सडक जाम र सवारी दुर्घटनालाई न्यूनिकरणलाई आफ्नो कार्यकालमा प्राथमिकता दिने बताएअनुसार अपरेशनल कामहरू सडकमा देखिन थालेको छ ।
यसै क्रममा ट्राफिक प्रहरी महाशाखाले आजै मात्र काठमाडौ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउनुका साथै तीव्र गति तथा पैदलयात्रीले जथाभावी बाटो काटेर हुने सवारी दुर्घटना न्यूनीकरण गर्न ललितपुर महानगरपालिकाको सहकार्यमा रवरको ट्राफिक कोन क्यात खुम्चने र तन्किने खालको० २०० थान ललितपुर क्षेत्रमा पर्ने रिङ्गरोडको सडकखण्डमा राखिएको छ । यस्तै सानेपा स्टार अस्पताल अगाडी हुने सवारी दुर्घटना कम गर्न सडक बत्ती पनि जडान गरिएको छ ।

एसएसपि भट्टराईले भन्नुभयो स्( “सडक जाम कम गर्न र सडक दुर्घटना न्यूनीकरणका लागि अपरेशनल काम शुरू गरिएको छ । यसमा ट्राफिक प्रहरी सदैव चिन्तित र क्रियाशिल पनि छ ।” यसको लागि पर्याप्त कदमहरू चालिने उनले बताए ।
उनले अब केही दिनमा ट्राफिक सचेतानामूलक कार्यक्रम सञ्चालन गर्ने बताउँदै ट्राफिकसम्बन्धी आधारभूत नियम र कानुनको पालना गर्दा मात्रै पनि सवारी दुर्घटनामा हताहत हुनेहरूको सङ्ख्या आधा घटाउन सकिने उल्लेख गरे।