
बाँके, १८ पौष । नेपालगञ्ज उप–महानगरपालिका स्थित कारकाँदोमा बसेले ट्याक्टरलाई ठक्कर दिएर पसलमा पस्दा एक जनाको मृत्यु भएको छ ।
ना।५ख ५७७३ नम्बरको बसले भे।१च ५१३४ नम्बरको ट्याक्टरलाई ठक्कर दिएर अनियन्त्रित हुँदै बस पसलमा पस्यो । दुर्घटनामा परेर आटोको शोरुममा बसिरहेका नेपालगञ्ज उपमहानगर–१३ बस्ने बिक्रम वृजबासीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

शुक्रबार भएको सो दुर्घटनामा परेर ७ जना घाइते भएका छन् । उनीहरुको नेपालगञ्ज नर्सिङहोममा उपचार भइरहेको छ । बस चालक राजकुमार बाल्मिकीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।