सप्तरी, १६ पौष । चोरीका अभियोगमा फरार रहेका एक अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन् ।गाउँघरमै रहेका अभियुक्त कञ्चनरुप नगरपालिका–५ का ३९ वर्षीय देवकान्त यादवलाई इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीले आफ्नै घरमा फेला पारी पक्राउ गरेको हो ।

अदालतले २०६० असोज २७ गते गरेको फैसलामा उनलाई दुई महिना २४ दिन कैद सजाय तोकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक उदयभान द्विवेदीले जानकारी दिनुभयो ।

स्वावलम्वन बैकिङ्ग शाखा कार्यालय रुपनीमा यादवसमेतले रहजनी चोरी गरेको भनी चलेको मुद्दामा अदालतले कैद सजायको फैसला गरेपछि यादव फरार थिए । जिल्ला अदालतमा पेश भएका आरोपितलाई हाल राजविराज कारागारमा कैद भुक्तानका लागि पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय