
काठमाडौँ, १६ पौष । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२, गुर्जुधारामा टिपरको ठक्करबाट दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बुधबार राति बा ४ ख २५७७ नम्बरको टिपरले काठमाडौं आयल स्टोर नजिकै बाटो काट्दै गरेका धादिङको गल्छी घर भइ थापाथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ वर्षीय सुभास गमालको मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार उनीहरुलाई थानकोटबाट कंलकी जाँदै गरेको टिपरले ठक्कर दिएको हो । लामा र गमालको शरीर क्षतविक्षत भएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ