
काठमाडौँ, १५ पौष । थप ५ सय ११ जनामा कोरोना (कोभिड १९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ६० हजार ५९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ६ सय जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ५१ हजार ९ सय १२ जना रहेको छ । आज ७ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १८ सय ४७ जना पुगेको छ ।