
१५ पौष, काठमाडौँ। बोलीको ठेगान नभएका नेताको रुपमा प्रख्यात रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई मात्र नभई समग्र जातीयता माथि नै प्रश्न चिन्ह आउने अभिव्यक्त दिनुभएका छ ।
हिजो एक टेलिभिजनमा अन्तरवार्ताको क्रममा प्रधानमन्त्री ओलीको राजनीतिक जीवनलाई ध्वस्त बनाउन दिएको अभिव्यत्तिले दलित समुदायमाथि गंभिर प्रश्न चिन्ह खडा गरी जातीयताविरुद्ध अभिव्यक्ति दिनुभयो । नेता नेपालले आवेग तथा असावधानीवस् गल्ती गरेको स्वीकार गर्नुभयो । त्यतीको नेताले असावधानीवस गल्ती गरेको हो भनी स्वीकार्नुले प्रधानमन्त्री माथि लगाइएका संगिन आरोपहरु कति गल्ती गर्नुभएको होला भन्ने आम जनतामा प्रश्न चिन्ह खड्कीएको छ ।

उहाँले माफि माग्दै भन्नुभएको छ, ‘हिजो पौष १४ गते एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा ब्यक्तिमा रहेको ब्यक्तिवादी प्रवृत्तीको चर्चा गर्ने क्रममा नेपाली समाजमा प्रचलित एउटा उखान प्रयोग गर्दा असावधानीवस् दलित समुदाय लक्षित एउटा शब्द प्रयोग भएकोमा क्षमा याचना गर्दछु । साथै, मैले आफ्नो सिंगो जीवन नै जातीय विभेदको अन्त्य र समनताका पक्षमा लगाएको कुरा स्मरण गर्दै त्यसप्रतिको अविचलित प्रतिबद्धता समेत ब्यक्त गर्दछु ।’