ललितपुर, असोज १२“खेल विकास, खेलाडीको उत्थान! समाजको शान, राष्ट्रको पहिचान!!” भन्ने नारासहित आयोजना गरिएको प्रथम यल महानगर फुटसल कप–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। नेपाल: मण्डल युथ क्लबको आयोजनामा तथा ललितपुर महानगरपालिका वडा नं. २१ र २३ को सह–आयोजनामा सञ्चालन भएको प्रतियोगिता भाद्र २२ गतेदेखि सुरु भएको थियो।

लिग चरणका सबै खेल सम्पन्न भइसकेका थिए, तर भदौ २३ र २४ गते देशमा उत्पन्न असामान्य परिस्थितिका कारण क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल खेल स्थगित गरिएको थियो। स्थगित खेलहरू असोज ११ गते भब्यताका साथ सम्पन्न गरियो।

समापन समारोहमा नेपा: मन्डल युथ क्लबका अध्यक्ष पुन्ये रत्न शाक्यको सभापतित्वमा प्रमुख अतिथि, वडा नं. २१ का अध्यक्ष तथा ललितपुर महानगरपालिका आर्थिक संयोजक रविन्द्र महर्जन रहेका थिए। विशिष्ट अतिथि वडा नं. २३ का जीवन महर्जन, पूर्व राष्ट्रिय फुटबल खेलाडी विक्रम लामा, पूर्व संविधान सभा सदस्य राजकाजी महर्जन, वडा नं. २८ का अध्यक्ष बिरेन्द्र महर्जन, साथै समाजसेवी, सञ्चारकर्मी तथा अन्य प्रतिष्ठित व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

खेलको परिणाम

क्वार्टरफाइनलमा, वडा २२ ले वडा ४, वडा २६ ले वडा २३, वडा २८ ले वडा १५, र वडा ११ ले वडा १७ लाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्यो।
सेमिफाइनलमा, वडा २६ ले वडा २२ लाई र वडा २८ ले वडा ११ लाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो।

रोमाञ्चक फाइनल भिडन्तमा वडा २६ र वडा २८ आमने–सामने भए, जसमा उत्कृष्ट खेल कौशल प्रदर्शन गर्दै वडा नं. २८ विजेता घोषित भयो।

प्रतियोगिताका व्यक्तिगत पुरस्कार यस प्रकार रहे:

सर्वोत्कृष्ट गोलकिपर: अनिश श्रेष्ठ (वडा २८)

सर्वाधिक गोलकर्ता: रूपेन बराइली (वडा २८)

सर्वोत्कृष्ट खेलाडी: रोफ्री महर्जन (वडा २८)

पहिलो स्थान प्राप्त टिमले रु. ३ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे भने दोस्रो स्थान प्राप्त टिमले रु. १ लाख ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। बेस्ट प्लेयर, बेस्ट गोलकिपर र सर्वाधिक गोलकर्ताहरुले पनि ट्रफी, तथा मेडल हात पारे साथै पुरस्कारहरु प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरूद्वारा प्रदान गरियो।

प्रतियोगितालाई सफल बनाउन राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ, ललितपुर चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्री लगायत संस्थाहरूले महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए भने ब्यक्तिगतका साथै विभिन्न संघ–संस्था तथा निकायहरूले समेत सहयोग प्रदान गरेका थिए।

ब्यक्तिगत सहयोगीहरु :
सरिता महर्जन,सावित्री के सी

सहयोगी संघ–संस्थाहरू:

डिश होम प्रा. लि.

सानिमा जी.आई.सी. इन्स्योरेन्स लिमिटेड

ललितपुर महानगरपालिका (वडा नं.१, २, ५, ६, ९, १०, ११, १४, १५, १७, १९, २०, २१, २३, २५, २७)

सोसल मिडिया पार्टनरहरू:

स्टार न्युज टिभी

युथ फ्रन्टलाइन्स

नेवाज

मिडिया पार्टनरहरू:

गोर्खा टिभी

कृषि टिभी

एजुकेसन पार्टनर: आधारशिला एकेडेमी
फुड पार्टनर: सस रेस्टुरेन्ट
फेशन पार्टनर: नेपालिज रूपी
मेडिकल पार्टनर: अल्का अस्पताल प्रा. लि.
मेटिरियल्स पार्टनर: श्री सात्विक

कार्यक्रम सन्चालक तथा क्लबका उपाध्यक्ष सजल प्रधानले  न्युज 24 आवर डट कम लाई बताए अनुसार, प्रतियोगिताले खेलाडीको प्रतिभा प्रदर्शनको अवसर मात्र नभई, स्थानीय तहमा खेलको उत्थान र समुदायबीचको सम्बन्ध मजबुत बनाउन समेत टेवा पुर्‍याएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय