काठमाडौं। नेपाली संगीत बजार पछिल्लो समय नयाँ–नयाँ सिर्जनाले धनी बन्दै गएको छ। यसै क्रममा जेनजी आन्दोलनमा ज्यान गुमाएका मृतक र नेपाल आमाप्रति समर्पित गीत “जेनजी आन्दोलन” सार्वजनिक भएको छ। चर्चित गायिका सुश्मा शाही ठकुरीको प्रस्तुतिमा आएको यस गीतले देशको यथार्थ र सामाजिक सन्देशलाई कलात्मक ढंगमा अभिव्यक्त गरेको छ।
गीतमा रामु खड्का र सुश्मा शाही ठकुरीको स्वर रहेको छ। शब्द ठकुरी स्वयंले लेखेकी हुन् भने संगीत खड्काकै रहेको छ। गीतको एरेञ्ज विश्वास नेपालले गरेका हुन् भने बिमल छिनालले मिक्सिङ र मास्टरिङ गरेका छन्। 

संगीत भिडियोमा निर्देशन सुश्मा शाही ठकुरीकै रहेको छ। छायांकन पत्रकार प्रकाश बराईली “अभिव्यक्ति”ले गरेका हुन् भने सम्पादन सुशिल डाँगीले सम्पन्न गरेका छन्। भिडियोमा कलाकारका रूपमा रामु खड्का र सुश्मा शाही ठकुरी आफैं देखिएका छन्।
गीतलाई सुश्मा शाही ठकुरीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा कुनै पक्ष–विपक्षलाई लक्षित गरिएको छैन, तर भ्रष्ट नेताहरूका कारण देशमा देखिएको अव्यवस्था, आन्दोलनमा ज्यान गुमाउँदाको पीडा, र विकास गर्नुपर्ने ठाउँमा विनाश भएकाबारे गम्भीर सन्देश प्रस्तुत गरिएको छ।
भिडियो हेर्नको लागि तल लिन्कमा क्लिक गर्नुहोला:










