ललितपुर,असोज ८ । नेपाः मण्डल युथ क्लबको आयोजनामा सञ्चालित प्रथम यल महानगर फुटसल प्रतियोगिता २०८२ अन्तर्गत लिग चरणका सम्पूर्ण खेलहरू सम्पन्न भइसकेका छन् । हालसम्मको खेल सम्पन्न भएपश्चात बाँकी रहेका क्वाटर फाइनल, सेमिफाइनल तथा फाइनल खेलहरु देशमा उत्पन्न विशेष परिस्थितिका कारण पूर्वनिर्धारित मितिमा सञ्चालन हुन नसकेका हुँदा अब ती खेलहरु आगामी ११ असोज, शनिबारका दिन TURFPARK INDOOR FUTSAL, ढोलाहिटी ललितपुर खेल मैदानमा सञ्चालन हुने कार्यक्रम तय गरिएको छ ।

कार्यतालिका यसप्रकार रहेको छ :

क्वाटर फाइनल

म्याच नं. १६: टिम नं. ४ VS टिम नं. २२
बिहान ८:०० बजे (१० मिनेट)

म्याच नं. १७: टिम नं. २३ VS टिम नं. २६
बिहान ८:४० बजे (१० मिनेट)

म्याच नं. १८: टिम नं. २८ VS टिम नं. १५
बिहान ९:२० बजे (१० मिनेट)

म्याच नं. १९: टिम नं. ११ VS टिम नं. १७
बिहान १०:०० बजे (१० मिनेट)

सेमिफाइनल

म्याच नं. २०: म्याच नं. १६ को विजेता VS म्याच नं. १७ को विजेता – बिहान १०:४० बजे (१५ मिनेट)

म्याच नं. २१: म्याच नं. १८ को विजेता VS म्याच नं. १९ को विजेता – बिहान ११:२० बजे (१५ मिनेट)

फाइनल

ग्राण्ड फिनाले: दिउँसो १:०० बजेबाट सुरु (२० मिनेट)

यस जानकारीमार्फत आयोजक क्लबले प्रतियोगितामा सहभागी खेलाडी, टिम, दर्शकहरु खेलप्रेमी तथा सम्पूर्ण सरोकारवालाहरुलाई तोकिएको मितिमा उपस्थित भई प्रतियोगितालाई सफल बनाउन आह्वान गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय